Pages

अरूणा लामा र लाक्पा शेर्पा-ए कान्छा, मलाइ सुनको तारा खसाई देउन (Ek Kanchha Malai Sunko Tara Khasai Deu Na)

ए कान्छा, मलाइ सुनको तारा खसाई देउन।
त्यो तारा मात्र होइन,जुन पनि झारीदिउला।

[गाई गोरु बाधेर छिट्टै भेट्न आउन।
बाटैमा रात पर्ला,उज्यालैमा आउन।]... २
अध्यारो के हो र, माया पिरती अघि,
पर्खिदेउ म आउछु, अँध्यारोलाई तोडी।

ए कान्छा मलाइ सुनको तारा खसाई देउन।
त्यो तारा मात्र होइन,जुन पनि झारीदिउला।

[लौ उडी जाऊ त्यहाँ, बादल लुछी ल्याउन।
बादललाई गाँसेर आँचल बनाइदेउन।]... २
लौ हुन्छ बादलको आँचल बनाइदिउला।
छेउछेउमा ताराको जलप लगाइदिउला।

[ए कान्छा, मलाइ सुनको तारा खसाई देउन।
त्यो तारा मात्र होइन,जुन पनि झारीदिउला।]...२
Listen at YouTube


 Covered Song (Rudhra Pradhan and Bhawana Thapa

नारायण गाेपाल -केही मिठो बात गर ..(Kehi Mitho Bata Gara-with Music Track)

केही मिठो बात गर, रात त्यसै ढल्किदै छ।...२
भरे फेरी एकान्तमा, रुनु त छदैछ।
केही मिठो बात गर, रात त्यसै ढल्किदै छ।

रमाईलो कुरा गर, सपनाको कुरा गर।...२
संगसंगै बिताएको, सम्झनाको कुरा गर...२।
दुख छोड, दुखलाई त, जिन्दगानी छदैछ।
भरे फेरी एकान्तमा, रुनु त छदैछ।
केही मिठो बात गर, रात त्यसै ढल्किदै छ।

आऊ नाचौं, अँध्यारोमा, जुनकिरी नाँचे जस्तै।...२
बतासमा उडौ आज, सिमलको भुवा जस्तै...२।
दुई कदम साथ हिडौ, छुट्टिनु त छदैछ।
भरे फेरी एकान्तमा, रुनु त छदैछ।
केही मिठो बात गर, रात त्यसै ढल्किदै छ।
Listen at YouTube

Song Song in Music Track (Music Track Only)

नारायण गोपाल -यो सम्झिने मन छ, म बिर्सु कसोरी (Yo Samjhine Man Chha Ma birsu Kasari-with Music Track)

यो सम्झिने मन छ, म बिर्सु कसोरी।
तिमी नै भनिदेऊ, ए जाने निठुरी।

[यी औला तिनै हुन, तिमीले चुमेका।
परेली यिनै हुन, तिमीले पुछेका।]…२
म सक्दिन, आफ्नै प्रतिविम्व छोप्न।
म सक्दिन छाती, फुटाएर जोड्न।
यो सम्झिने मन छ, म बिर्सु कसोरी।
तिमी नै भनिदेऊ, ए जाने निठुरी।

[पखाले यी आँखा पनि, दृश्य उही छ।
जहाँ नै म हिंडे पनि, धर्ती उही छ।]…२
न सख्छु म आकाश, चिथोरेर फेर्न।
न सक्छ म जुनको, उज्यालो नै छेक्न।

यो सम्झिने मन छ, म बिर्सु कसोरी।
तिमी नै भनिदेऊ, ए, जाने निठुरी…२।

Listen at YouTube



Music Track Only : for How want to sing